काठमाडौं
डडेलधुरामा आज बिहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस विहान साढे ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरीको टोली गएको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयहरुले उद्दार कार्य जारि राखेका छन् । दुर्घटनाको कारण र बसमा कति यात्रु थिए भन्ने बारे खुल्न सकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।































प्रतिक्रिया