काठमाडौं
दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राती १२ बजेबाट कार्यान्वयन हुने गरी प्रति किलोलिटर ७५ डलर घटाएको हो । आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ११ सय २५ बाट घटाएर एक हजार ५० डलरमा झारिएको निगमले जनाएको छ । हवाई इन्धनमा नाफा रहेकाले मूल्य समायोजन गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
अहिले पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टीतेल ९७ , एलपी ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँमा बिक्री गरिरहेको छ । अप्रिल १६ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा, डिजेलमा ७२ पैसा बढेर आएकाले मूल्य समायोजन नगरेको जनाएको छ । मूल्य वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखेको निगमको दाबी छ ।
नागरिकबाट





























प्रतिक्रिया