वीरगन्जमा २० वर्षीया महिलाले जन्माइन् एकै पटक चार सन्तान !

वीरगन्जमा २० वर्षीया महिलाले जन्माइन् एकै पटक चार सन्तान !

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई जन्म दिएकी हुन् ।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन् । अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको मेट्रोन अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ । खातुनलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा मङगलबार बिहान सात बजे भर्ना गरिएको थियो, अधिकारीले भनिन्, १२ बजेर ४० मिनेटमा चार शिशु जन्मिएका हुन्, सबैको स्वास्थ्य अवस्था सामान्य छ तर तौल कम भएकाले एनआइसीयु कक्षमा राखिएको हो।

सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo