काठमाडौं । भारतमा जारी ईण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली आईपीएल ईतिहासमै पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो ।
मंगलबार राति राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गरेको थियो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको हो ।
दिल्लीको जितका लागि ऋषभ पन्तले ७८, शिखर धवनले ५४ र पृथ्वी शाले ४२ रनको योगदान गरे । राजस्थानका लागि श्रेयस गोपालले २ तथा धवन कुलकर्णी र रियान परागले एक-एक विकेट लिए ।
यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यो खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा क्रिस मोरिसलाई टिममा सामेल गराएको थियो । पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ ।






























प्रतिक्रिया