नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (साेमबार) एकता घाेषणा कार्यक्रम गर्दैछ । काठमाडाैंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएकाे छ।
नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । नेताहरूकै स्वार्थ बाझिँदा जटिल बनेको जिल्ला तहको एकता लामो रस्साकस्सीपछि आइतबार निष्कर्षमा पुगेको हो । आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।
माओवादीले पाएका ३३ जिल्ला अध्यक्ष
प्रदेश १
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा : मोहनकुमार खड्का
प्रदेश २
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
प्रदेश ३
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
गण्डकी प्रदेश
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
प्रदेश ५
बांके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
कर्णाली प्रदेश
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा
सुदूरपश्चिम प्रदेश
दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
बझाङ : कलकबहादुर खड्का





























प्रतिक्रिया