नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (साेमबार) एकता घाेषणा कार्यक्रम हुँदैछ। काठमाडाैंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएकाे छ।
नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । नेताहरूकै स्वार्थ बाझिँदा जटिल बनेको जिल्ला तहको एकता लामो रस्साकस्सीपछि आइतबार निष्कर्षमा पुगेको हो । आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।
जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको हो । नेकपाको जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्युरो सदस्यको नामवली भने टुंगिन बाँकी छ ।





























प्रतिक्रिया