श्रीलंका विस्फोट: मर्नेको संख्या २०७ पुग्यो, ४५० भन्दा बढी घाइते

श्रीलंका विस्फोट: मर्नेको संख्या २०७ पुग्यो, ४५० भन्दा बढी घाइते

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । श्रीलंकामा भएको श्रृंखलाबद्ध विस्फोटमा परी मर्नेको संख्या २०७ पुगेको छ । राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार ८ वटा शृङ्खलाबद्ध बिस्फोट हुँदा आईतबार साँझसम्म मर्नेको संख्या २०७ पुगेको बीबीसीले जनाएको छ ।

प्रहरी प्रवक्ता रूवान गुनशेकराले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको जनाएका छन् । बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका छन् । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन्।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट भएको थियो । चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटन भएको प्रहरीले जनाएको छ। गिर्जाघरहरूमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए ।

रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन्।

उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन् ।

Skip This
Skip This
Logo