आइपीएलमा सन्दीपसँग क्रिस गेल डराएको त्यो क्षण (भिडियोमा रिपोर्ट)

आइपीएलमा सन्दीपसँग क्रिस गेल डराएको त्यो क्षण (भिडियोमा रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रेम र युद्धमा जस्तै खेलकुदमा पनि ‘जे पनि हुन सक्छ’ भन्ने कुरा फेरि एकपटक पुष्टी भएको छ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार रातिको खेलमा यस्तै संयोग जुरेको हो । नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने र क्रिकेटका बादशाह मानिने क्रिस गेलबीचको भिडन्तले सबैलाई आश्चर्यचकित तुल्याईदियो ।

सन्दीप जन्मेकै बर्ष क्रिस गेल अन्तर्राष्ट्रिय क्रिकेट जगतमा प्रवेश गरिसकेका थिए । तसर्थ पनि क्रिस गेलको सामना गर्नु उनको लागि फलामको चिउरा चपाउनु सरह थियो । तर उनले फलामकै चिउरा चपाएर आफुलाई प्रमाणित गरेर देखाईदिए ।

आईपीएलमा गेलसँगको पहिलो भेटमा नै विकेट लिएर सन्दीपले सनसनी मच्चाई दिए । खेलमा सन्दीप ऐतिहासिक विकेट लिँदै ‘स्टालिस प्लेयर अफ दी म्याच’ बन्न सफल भए ।

Logo