श्रीलंका बम विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

श्रीलंका बम विस्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विस्‍फोटको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत श्रृंखलाबद्ध बम आक्रमणले अत्यन्त दुखित बनाएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले मृतकका आफन्तप्रति गहिरो समवेदन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

आइतबार बिहान र दिउसो श्रीलंकाको राजधानीलगायत ८ स्थानमा बम विस्फोट १८७ जनाको ज्यान गैसकेको छ।  ३०० जना भन्दा बढी घाइते भएका छन्। कोलम्बोको प्रतिष्ठित होटल सांग्रिला, सिनमन ग्रान्ड र किंगसबरी होटलमा र पूर्वी क्षेत्र बाटिकोलोवा नगरको एउटासहित तीनवटा गिर्जाघर (चर्च)मा विष्फोट गरिएको थियो ।

Skip This
Skip This
Logo