श्रीलंकामा आज बिहान भएको श्रृंखलावद्ध बम विष्फोटमा परि मृत्यु हुनेको सख्या कम्तिमा १२२ जना पुगेको छ । २५० जनाभन्दा बढी घाइते भएका छन् ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको बीबीसीले जनाएको छ । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।
कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको हो ।
कोच्चादाई चर्चमा २६ जनाको शव मिलेको छ । त्यस्तै बट्टिकोलामा कम्तिमा २५ जनाको शव फेला परेको छ । कोलाम्बोमा ४७, नेगम्बोमा ५० शव फेला परेको बीबीसीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । एजेन्सी





























प्रतिक्रिया