नयाँ वर्षमा बैंकका अफरै अफर

नयाँ वर्षमा बैंकका अफरै अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नयाँ वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले धमाधम नयाँ अफर सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले हरेक नयाँ वर्ष तथा दसैं तथा तिहारजस्ता चाडवार्डलाई लक्षित गरेर नयाँ नयाँ अफर सार्वजनिक गर्ने भए पनि यसपालि भने सरकारले सुरु गरेको ‘खोलौं बैंक खाता अभियान २०७६’ अन्तर्गत बैंकहरूले आफ्नो सेवा तथा सुविधासहितको योजना सार्वजनिक गर्न थालेका छन् ।

‘समृद्धिसँग जोडौं नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने मूल नाराका साथ सरकारले १ वैशाखदेखि सुरु गरेको अभियानलाई साथ दिँदै बैंकहरूले धमाधमा नयाँ अफरका साथ खाता खोल्ने काम विस्तार गरेका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेक नेपालीको बैंक खाता खोल्नुपर्ने कार्यक्रम ल्याएको थियो ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई बैंक खाता खोल्न प्रोत्साहित गर्न बैंकको सामाजिक उत्तदायित्वअन्तर्गत जम्मा भएको रकमबाट हरेक खातामा सय रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ । यो रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा यसअघि खाता नखोल्नेहरूलाई मात्रै जम्मा गरिने राष्ट्र बैंकको भनाइ छ । सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले खोलौं बैंक खाता अभियानअन्तर्गत समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस खातामा वार्षिक अधिकतम १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने गरी बैंकले आकर्षक ब्याजदर दिने गरी सो योजना सार्वजनिक गरेको छ । त्यस्तै, प्रभु बैंकले ‘चेतना बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा खातावालाले वार्षिक ५ प्रतिशतसम्म ब्याज पाउन सक्ने बैंकले जनाएको छ । यस्तै भिजाकार्ड तथा एसएमएस सेवामा ५० प्रतिशतसम्म छुट दिने भएको छ । यस खातामा १ लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्नेछ । त्यस्तै, नबिल बैंकले ‘नबिल सहुलियत खाता’ सञ्चालनमा ल्याएको छ । यस योजनामा खातावालाले ३ लाखसम्मको निःशुल्क घातक रोग कभरेज बिमा र ७५ हजारसम्मको मृत्यु लाभ बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

राजधानीबाट

Skip This
Skip This
Logo