सुकुम्बासी ठूलो समस्या होईन्, समाधान नगरेर बसेका हुनः केपी ओली (भिडियो)

सुकुम्बासी ठूलो समस्या होईन्, समाधान नगरेर बसेका हुनः केपी ओली (भिडियो)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले समाधान नगरेका कारण सुकुम्बासीका समस्या ठूलो भएको बताएका छन् । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको सनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठुलो समस्या नै नभएको बताए ।

उनले भने, “सुकुम्बासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।” घरखेत नभएका नै बास्तविक सुकुम्बासी भएको भन्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरेर समस्या समाधान गरिने बताए ।

“कावासोतीमा घर छ, बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउदा घडेरी छैन भने यहाँ सुकुम्बासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्बासी होइन । वास्तविक सुकुम्बासीको समस्या समाधान गरिन्छ ।” प्रधानमन्त्री ओलीले भने ।

Logo