काठमाडौं
बजेट अधिवेशन भनेर चिनिने संघीय संसद्को चौथो अधिवेशन वैशाख १६ गतेबाट बस्ने गरी संघीय संसद् सचिवालयले तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालि बैठक छिट्टै बोलाउने भनेपछि तयारी थालिएको प्रतिनिधिसभा कार्य व्यवस्था महाशाखाका सहसचिव वंशीराज पौडेलले बताउनुभयो । गतवर्ष वैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन शुरू भएको थियो । यो अधिवेशनको शुरूमा प्रि–बजेट छलफल हुनेछ । जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्नेछ ।
२०७४ फागुन २१ गते शुरू पहिलो अधिवेशन चैत २० गतेसम्म र २०७५ वैशाख २३ गतेबाट शुरू दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो । पुस ११ गतेबाट शुरू भएको तेस्रो अधिवेशन चैत १० गते राति १२ बजेबाट अन्त्य भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया