इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) सेकेण्डरी स्कुलले ‘बेष्ट इन्टर्नसिप प्लेसमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीप प्रदान गर्दै आएको आइएसटीलाई बेष्ट इन्टर्नसिप प्लेसमेन्ट अवार्ड प्रदान गरिएको हो ।
करिब दुई दशकदेखि आइएसटी कलेजले हस्पिटालिटी क्षेत्रका योग्य जनशक्ति तयार गर्दै आएको छ । यस क्रममा कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नवआयाम सहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ । प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कुल आइएसटी कलेजको व्यवस्थापनअन्तर्गत काठमाडौंको ज्ञानेश्वरमा सञ्चालित छ ।
आइएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ । एसईई पछि कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका विषयहरू पढाई हुन्छ । अनुवभी शिक्षक समूह र परिपक्क व्यवस्थापन समूहले हाँकेको कलेजमा विद्यार्थीले सीपमूलक एवं जीवनोपयोगी शिक्षा आर्जन गर्न सक्छन् ।































प्रतिक्रिया