लिभरपुल इन्टरनेसनल कलेजलाई ‘एक्सिलेन्स इन एजुकेसन इनोभेसन अवार्ड’

लिभरपुल इन्टरनेसनल कलेजलाई ‘एक्सिलेन्स इन एजुकेसन इनोभेसन अवार्ड’

केन्द्रबिन्दु
8.03k
Shares

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेजले ‘एक्सिलेन्स इन एजुकेसन इनोभेसन अवार्ड, २०८१’ प्रदान गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय एवं जीवनोपयोगी शिक्षामा जोड दिने लिभरपुललाई ‘एक्सिलेन्स इन एजुकेसन इनोभेसन अवार्ड’ प्रदान गरिएको हो ।

वि.सं. २०६८ मा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्कअन्तर्गत लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेज सञ्चालमा छ । यहाँ कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ । शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, पुस्तकालय यसका अन्य आकर्षण हुन् ।

Skip This
Skip This
Logo