युनिग्लोबलाई ‘बेष्ट स्टुडेण्ट इंगेजमेन्ट अवार्ड’

युनिग्लोबलाई ‘बेष्ट स्टुडेण्ट इंगेजमेन्ट अवार्ड’

केन्द्रबिन्दु
2.04k
Shares

काठमाडौंको कमलादीमा अवस्थित युनिग्लोब सेकेण्डरी स्कुलले ‘बेष्ट स्टुडेण्ट इंगेजमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच उज्जवल भविष्यको सपना बोकेर गुणस्तरिय एवं युग सुहाउँदो शिक्षाको खोजीमा रहने हरेक विद्यार्थीको सपना साकार पार्न लागि परेको युनिग्लोबलाई ‘बेष्ट स्टुडेण्ट इंगेजमेन्ट अवार्ड, २०८१’ प्रदान गरेको हो ।

युनिग्लोबमा स्कुल लेभलदेखि प्लस टु, ब्याचलर र मास्टर्ससम्म अध्यापन हुने गर्दछ । विद्यार्थीको उच्च शिक्षाका लागि प्लस टु नै आधारभूमी हो भन्ने बुझेको युनिग्लोबमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन तथा कानून संकायमा पढाई हुन्छ । विज्ञान संकाय अन्तर्गतका विद्यार्थीहरुलाई लक्षित गरी सुविधासम्पन्न अत्याधुनिक प्रयोगशालाहरु पनि संचालनमा ल्याएको छ ।

भौतिक पूर्वाधारअन्तर्गत कक्षाकोठालाई प्रविधिमैत्री र सुविधा सम्पन्न तुल्याएको युनिग्लोबले विद्यार्थीलाई अध्ययनमैत्री वातावरण होस् भनेर अत्याधुनिक लाईब्रेरी समेतको व्यवस्था गरेको छ ।

Skip This
Skip This
Logo