२ वटा कम्पनीको आइपीओ बजारमा, एक हजार रुपैयामै भर्न सकिने

२ वटा कम्पनीको आइपीओ बजारमा, एक हजार रुपैयामै भर्न सकिने

केन्द्रबिन्दु
0
Shares

सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले आजदेखि आइपीओ बिक्रि शुरु गरेको छ।  कम्पनीले जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ४९ लाख ८२ हजार २५० कित्ता आइपीओमा सर्वसाधारणले आबेदन दिन सक्नेछन ।

लगानीकर्ताले बैशाख ६ देखि छिटोमा बैशाख १० गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आबेदन दिन सक्नेछन। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकता २००० कित्तासम्मलाई आबेदन दिन सक्नेछन।  आइपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन।

सान्जेनको आइपीओले क्रेडिट रेटिंङ संस्था इक्रा नेपालबाट ‘इक्रा एनपी ग्रेडिङ ४’ पाएको छ। कम्पनीले सान्जेन माथिल्लो (१४.८ मेगा वाट) तथा सान्जेन जलबिद्युत आयोजना (४२.५०) मेगावाट निर्माण गरिरहेको छ।

कम्पनीको प्रति मेगावाट लागत १५ करोड १९ लाख छ।

त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आजैदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ । कम्पनीले  एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो ।

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १०  कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  ।

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । कम्पनीले रसुवामा १ सय ११ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

Logo