हामी आफ्नो ‘लुक्स’ को लागि धेरै सचेत रहन्छौ तर आफ्नो शरिरबाट टाढा हुँदै गइरहेका हुन्छौ । हाम्रो शरिरले हामीभित्र आएको बदलावको बारेमा सधैं बताइरहेको हुन्छ । तर हामी बाहिरी दुनियाँमा यति धेरै डुबेका छौ कि त्यो कुरालाई हामी ध्यान नै दिँदैनौ ।
हामीले आफ्नो शरिरसँग कुराकानी किन गर्ने ? ढाड, घुँडा वा हात वा कुनै अंगको दुखाईमा कहिले ध्यान दिएको थियौ ? वास्तवमा हामी हाम्रो शरिरमा तब मात्र ध्यान दिन्छौ तब हाम्रो शरिरले असामान्य व्यवहार गर्छ । हामीले हाम्रो शरिरसँग सहज र मित्रतवत् सम्बन्ध बनाउनुपर्छ । यस्तो सम्बन्ध, जहाँ दुईतर्फी संवादको अनुभूत होस् । हाम्रो शरिर उर्जाको भाषामा बातचित गर्छ । त्यसो त यही नै हामी सबैको पहिलो भाषा हो । समस्या चाँही के छ भने हामी मध्ये धेरैजसोले यसबारे कुनै भेउ पाएका छैनन् ।

हामीले हाम्रो शरिरको कुरा किन सुन्दैनौ ?
यसको सटिक जवाफ छ, हामीले यसको प्रयोग नै गर्दैनौ । केही समयको लागि हामी बाल्यकालमा फर्केर हेरौ । के खाने र कहिले खाने भनेर हामीलाई कसैले तोकिदिन्थे । कतिपटक हामी आफुलाई मनपर्ने खाना मात्र खाएर बाँकी छोडिदिन्थ्यौ । अब हामी अहिलेको समयलाई नियालौ । हामी केवल यसकारण खाना खान्छौ किनकी हाम्रो खाना खाने समय भएको छ र कतिपटक त हामी मोटाउने डर वा रोग लाग्ने डरले खाना खाँदैनौ ।
साँच्चै भन्ने हो भने, हाम्रो शरिरलाई कति पोषणको आवश्यकता हुन्छ, त्यो कुरा हाम्रो शरिरलाई थाहा हुन्छ । यति मात्र कहाँ हो र ? कस्तो कपडा लगाउँदा राम्रो देखिन्छ, कुन कुन गतिविधी उसलाई मनपर्छ, सबै थाहा हुन्छ । वास्तवमै हाम्रो शरिर आफुप्रति जागरुक छ र उसलाई आफ्नो मनपर्ने मन नपर्ने कुरा, आफुसँग जोडिएको सबै कुरा थोरै भए पनि हामीलाई सन्देश दिन्छ । अर्को शब्दमा भन्नुपर्दा शरिरले आफ्नो दृष्टिकोण स्पष्ट पारिदिन्छ । प्रश्न त तब उठ्छ, हामी ति कुरालाई ध्यान दिन्छौ कि दिँदैनौ ?

तपाई अनन्त हुनुहुन्छ
सबैभन्दा पहिला तपाईले यो बुझनु जरुरी हुन्छ कि तपाईको शरिरले तपाईसँग जीवनभर साथ निभाउनेवाला छ । यसको साथै आफु स्वयंलाई पनि चिन्नु जरुरी छ । तपाई शरिर होइन, शरिर र तपाई अलग अलग हो । यि दुईको अलग अलग बुझाई, चेतना र दृष्टिकोण छ । दुवै साथमा एकदमै समन्वयपुर्वक तरिकासँग रहन सक्छ ।
शरिर र आफ्नो स्वरुपको बुभ्mनको लागि एउटा सजिलो तरिका अपनाएर हेर्न सकिन्छ । शरिर एक साधन हो र तपाई अनन्त वा अनश्वर हो । सबैभन्दा पहिला आँखा बन्द गर्नुहोस् र कोठामा आफ्नो ऊर्जा फैलन दिनुहोस् । जसमा तपाई हुनुहुन्छ । कोठाबाट छततिर जानुहोस् । त्यसपछि त्यहाँबाट पनि टाढा जानुहोस् । तपाई यो सबै गर्न सक्नु हुनेछ । यदि तपाई यस्तो गर्ने प्रण गर्नुहुन्छ । यदि तपाई चाहनुहुन्छ भने यो सब गर्नु सजिलो हुन्छ । आफुलाई असिमित विस्तार गर्न सक्नुहुन्छ । यो विस्तार आफ्नो भौतिक शरिरको नभएर वास्तविक स्वरुपको हो । तपाई महसुुस गर्नुहोस् । तपाई कति अनन्त हुनुहुन्छ । वास्तवमा हामी कति विशाल छौ । के हामी स्वयंको यस भौतिक शरिरमा संकुचित गरेर राख्न सक्छौ ?

शरिर जागरुक र सचेत छ
पृथ्वीमा भएको हरेक व्यक्ति, हरेक वृक्ष, हरेक संरचना वा निर्माण सचेत वा चैतन्य छ । यसबाट हाम्रो शरिर पनि अलग छैन् । जब आफ्नो शरिरसँग निरन्तर संवाद स्थापित गरिन्छ । शरिरसँग तपाईको सम्बन्ध झन प्रगाढ र मजबुत हुन्छ । यहाँ संवादको अर्थ केवल प्रश्न सोध्नुमात्र होइन, उसको कुरा सुन्नु पनि हो ।
शरिरसँगको संवादको सुरुवातमा खानेकुरासँग जोडिएको कुरासँग गर्न सकिन्छ । बिहान खाना खानु भन्दा पहिले शरिरलाई सोध्नुहोस्, ऊ खान चाहन्छ कि चाहदैन् । त्यसपछि केवल उसको कुरा सुन्ने मात्र होइन । त्यो कुरालाई कार्यन्वयन पनि गर्नुहोस् । विस्तारै शरिरलाई खानपानको अलावा कपडा, आफ्नो गतिविधी र मानिससँग जोडिएको राय पनि लिन सुरु गर्नुहोस् । हुन सक्छ सुरु सुरुमा शरिरले आफ्नो राय दिन समय लगाउँला वा तपाईले उसको कुरा बुझनु हुन्न । तपाईसँग शरिरको कनेक्सन जोडिनको लागि केही समय लाग्न सक्छ ।
शरिरको मनोविज्ञान बुझ्नुहोस्
तुलनात्मक दृष्टिबाट हेर्ने हो भने, हाम्रो शरिर स्पञ्ज जस्तै छ । किन ? किनभने यसभित्र ऊर्जा, विचार र धारणाहरुको अवशोषित गर्ने क्षमता हुन्छ । यसको साथै शरिरमा आसपासको मानिसहरुको दुःख पीडा भुलाइदिन मद्दत गर्ने क्षमता पनि हुन्छ ।
जब तपाईलाई पीडा महसुस हुन्छ, यसको मतलव यो होइन कि पीडा तपाईको हो । यदि तपाई दुःख, क्रोध वा डर जस्तो भावना महसुस गरिरहनुभएको छ । यो भावना तपाईको नहुन पनि सक्छ । तपाईलाई यति मात्र बुझ्नु जरुरी हुन्छ । तपाईको शरिरमा जे महसुस भइरहेको छ । त्यो भावना तपाईको हो वा होइन ।

आजदेखि तपाईले यो बुझ्नुहोस । तपाईको शरिर एक सुन्दर उपहार हो । आफ्नो शरिरसँग पुरै घुलमिल हुनुहोस् । बिना पुर्वधारणा शरिरको ख्याल राख्नुहोस् । शरिरसँग बातचित गर्न सुरु गर्नुहोस र यस अनुभूतिको पनि महशुस गर्नुहोस् । यस अनुभवबाट आनन्द उठाउनुहोस् ।





























प्रतिक्रिया