नेपालले कुवेतलाई हरायो, विश्वकप यात्रा असफल

नेपालले कुवेतलाई हरायो, विश्वकप यात्रा असफल

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भएको थियो । जवाफमा नेपालले २८ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । नेपालका दुबै ओपनरले अर्धसतकीय पारी खेले । पवन सराफ ५३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालका रित गौतम ६२ रनमा आउट भएपछि एक सय ४० रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै आसिफ शेखले अविजीत ३३ रन बनाए ।

तर, नेपालको विश्वकप यात्रा सफल हुन सकेन । अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले हराएपछि नेपालको विश्वकप खेल्ने सपना असफल बनेको हो ।

Logo