विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्नमा अग्रणी नेशलन स्कुल अफ साइन्सेस (निस्ट), लैनचौर [भिडियाे]

विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्नमा अग्रणी नेशलन स्कुल अफ साइन्सेस (निस्ट), लैनचौर [भिडियाे]

केन्द्रबिन्दु
696
Shares

वैज्ञानिक र शिक्षाविद्हरुले एक विशिष्ठ शैक्षिक संस्थाको आवश्यक्ता महशुस गरेपछि उदय भएको थियो, निस्ट फाउन्डेसन । निस्ट फाउन्डेसनअन्तर्गत नेशलन स्कुल अफ साइन्ससहित ९ वटा शैक्षिक संस्था संचालनमा छन् ।

२०५० सालमा काठमाडौंको लैनचौरमा स्थापना भएको कलेजले लामो शैक्षिक यात्रा मात्र पुरा गरेको छैन, उत्तिकै गर्विलो इतिहास पनि रचेको छ । त्यसैले त आज बर्षेनी हजारको हाराहारीमा विद्यार्थीहरु यहाँ भर्ना हुने गरेका छन् । उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रिय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई यो उचाईसम्म पुर्याएको हो ।

उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रिय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई यो उचाईसम्म पुर्याएको हो ।

कलेजले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यससँगै विद्यार्थीको अतिरिक्त गतिविधिमा पनि जोड दिदै आएको छ । यसका लागि कलेजसँग पर्याप्त स्रोत साधन छ । विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ । विद्यार्थीलाई प्रविधिमैत्री बनाउने, उनीहरुको नेतृत्व क्षमता एवं व्यक्तित्व विकास गर्ने, सीप सिकाउने, सामाजिक जीवनमा उत्तरदायी बन्न प्रेरित गर्ने लक्ष्यका साथ कलेजले विभिन्न गतिविधि गर्दै आएको छ ।

निस्टले आफूलाई निजी क्षेत्रबाट स्थापित पहिलो प्लस टु भएको दाबी गर्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन पठनपाठन गर्न सकिन्छ । विद्यार्थीमा निखार ल्याउँदै पाठ्यक्रमसंगै प्रयोगात्मक अभ्यास दिन सह पाठ्यक्रमसंग सम्बन्धित विविध गतिविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिएको छ ।

यस शैक्षिक संस्थामा आईटी एण्ड साइन्स क्लब, सोसल क्लब लगायत पनि सञ्चालनमा छन् । नेपालको शैक्षिक क्षेत्रमा अलग पहिचान बनाएको नेशनल स्कुल अफ साइन्सेस विज्ञान र व्यवस्थापनका विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य हो ।

नेपालको शैक्षिक क्षेत्रमा अलग पहिचान बनाएको नेशनल स्कुल अफ साइन्सेस विज्ञान र व्यवस्थापनका विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य हो ।

निस्टले विद्यार्थीको सुविधालाई ध्यानमा राखेर स्वास्थ्य सेवा, यातायात सेवा, स्वस्थ क्याफ्टेरिया, पर्याप्त खेलकुद मैदानको समेत व्यवस्था गरेको छ । साथै जेहेनदार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था गरेको छ ।

Logo