दुई हजार कर्मचारीको मात्र गुनासो सम्बोधन हुने

दुई हजार कर्मचारीको मात्र गुनासो सम्बोधन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समायोजनप्रति असन्तुष्टि जनाँउदै निजामति तर्फका कर्मचारीहरुले गरेको उजुरीमध्ये २० प्रतिशत उजुरीको मात्र सुनुवाई हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समायोजनपछि १० हजार ५ सयले बिभिन्न कारण जनाँउदै समायोजन सच्याउन गुनासो गरेका थिए ।

मन्त्रालयले कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न मन्त्रालयका सह सचिब रुपनारायण भट्टराईको संयोजकत्वमा गुनासो सुन्ने ईकाईको व्यवस्था गरेको थियो ।

संयोजक भट्टराईका अनुसार आएका गुनासाहरु मध्ये २० प्रतिशत मात्र सम्बोधन गर्न सकिने गुनासा रहेको छन । अधिकांश गुनासा मनको वह मात्र पोखिएको पाईएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै गुनासो गर्ने ८ हजार भन्दा बढि कर्मचारी सरकारले समायोजन गरेकै स्थानमा नै जानुपर्ने मन्त्रालयले जनाएको छ ।

राजधानी

Logo