धनुषा । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ ले एक करोड रुपैयाँ प्रदान गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।
प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार मध्यान्ह प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।
हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।































प्रतिक्रिया