मकवानपुरको थाहा नगरपालिका- ३ दम्की घर भएकी २८ बर्षिय राधिका विष्ट हराएकी छिन् ।
आफ्नो दिदीको घर जान्छु भनेर वैशाख ३ गते विहान घरबाट निस्केकी विष्ट अझैसम्म सम्पर्कमा नआएको भाई सविन उप्रेतीले जानकारी दिए। उप्रेतीले घर, आफन्त, माइती र छर छिमेकी सबैतिर खोज्दा पनि दिदी फेला नपरेकाले दिदीको खोजि गरिदिन सबैलाई आग्रह गरेका छन्।
राधिकाकी श्रीमान प्रकाश विष्टले श्रीमती खोजिदिनको लागि इलाका प्रहरी कार्यालय पालुङमा निवेदन दिएका छन् । विष्टको करिब ७ वर्षकी छोरी र दुई वर्षीय छोरा छन् ।
राधिकालाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा उनको श्रीमानलाई ९८४५०७०९०६ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।





























प्रतिक्रिया