नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति बनाउने निर्णय गरेका छन् ।
सोमबार उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले राष्ट्रपतिसमक्ष सपथग्रहण गरेपछि पदभार सम्हाल्दै पहिलाे निर्णयमा विकास वित्तका नयाँ विकल्प खोज्नेबारे अध्ययन गर्ने सम्बन्धमा समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको जानकारी दिएका हुन् ।
उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रुपमा अघि बढ्छ। त्यसैले मैले विकास वित्तका नयाँ विकल्प खोज्नेबारे अध्ययन गर्ने सम्बन्धमा समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’ साथै सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने पनि बताए ।































प्रतिक्रिया