नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
15
Shares

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उनलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको पद बहाली–निर्णयबारे उनको सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

Logo