बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक बेपत्ता

बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक बेपत्ता

केन्द्रबिन्दु
12
Shares

काँक्रेविहार(सुर्खेत)। रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन्। आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिए।

उनले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की,२२ वर्षीया अनिसा पुन,२९ वर्षीय जनक खत्री,६५ वर्षीया मनसरी पुन,चार वर्षीया मेक्सन पुन,२० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएकाे बताउ।

नगरप्रमुख केसीले भने,“खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन। घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ। उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन्।”

Logo