प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले परिणाम आउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले भने, ‘सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु-नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ ।’
वर्तमान सरकार घेराबन्दीमा नभएकाे पनि प्रधानमन्त्री ओलीले प्रष्ट्याए । ‘मैले अप्ठयाराहरूसँग जुधेको छु । कोभिडसँग जुधेको छु । नाकाबन्दीसँग जुधेको छु । पार्टीभित्रैका डरलाग्दा अप्ठ्याराहरुसँग जुधेको छु । घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरु पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन । हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति पनि छैन ।’ उनले भने । बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि उनकाे भनाई छ ।





























प्रतिक्रिया