काठमाडौं । भारत सरकारले गुगल र एप्पललाई एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई आदेश दिएको थियो । तर सर्वोच्च अदालतले उक्त आदेश बदर गरेको थियो । सर्वोच्चको उक्त आदेश जारी गरेको भोलीपल्ट गुगल र एप्पललाई यस्तो आग्रह गरेको हो ।
भारतको सुचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई उक्त आग्रह गरेको हो । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।
‘उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न प्रतिवन्ध लगाउन अनुरोध गरेको थियो । मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ । हाम्रो अनुरोध स्वीकार्ने वा अस्वीकार गर्ने उनीहरुको हातमा रहेको मन्त्रालयले जनाएको छ ।
मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गर्दै प्रतिबन्ध लगाउन आदेश दिएको थियो । मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश गरेको थियो । उक्त आदेशपछि भारत सरकारलाई झट्का लागेको हो ।































प्रतिक्रिया