काठमाडौं । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रुहरु डिब्बामै अड्किएका हुन् ।
उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली खटिएकाे छ । जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेसनमा झार्ने प्रयास भइरहेको र स्टेसननजिक रहेका ८ जना यात्रुको भर्याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।





























प्रतिक्रिया