खानेपानीमन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच शिष्टाचार भेटवार्ता

खानेपानीमन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए । एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरुको बारेमा छलफल भएको थियो ।

भेटवार्ताकै क्रममा कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए । उनले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरि पनि सहयोग गर्ने अपेक्षा गरेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षेती गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिर्वतन गरी (केही माथी सारी) पानी बितरण सहज गर्ने कार्यका लागि आफुहरुले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए ।

भेटवार्ताकै क्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरुको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको संभावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो । सोही भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप
सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

भेटका क्रममा मन्त्रालयकातर्फबाट एडीबीलाई गर्नु पर्ने र आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री यादवले बताए । उनले भने, ‘मन्त्रालय र एडीबीबाट भइरहेका काम कारबाहीका विषयमा जानकारी दिन दुबै ठाउँबाट प्रतेक दिन कामका विषयमा तयारी गरिएको रिपोर्ट पेश गर्नु पर्ने आवश्यक छ, हामी प्रतेक दिन केके काम गरियो, केके गर्नेछौँ भन्ने योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।’

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फाईल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाइने पनि बताए।

Logo