राष्ट्रिय बाणिज्य बैंकको शाखा सिंहदरबारमा

राष्ट्रिय बाणिज्य बैंकको शाखा सिंहदरबारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंकले औपचारिक रूपमा सिंहदरबार प्रवेश पाएको छ । नयाँ वर्षको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबारभित्र आफ्नो शाखा कार्यालय विस्तार गरेको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् । यसअघि निजी क्षेत्रको बैंक एभरेस्टको मात्रै शाखा कार्यालय सिंहदरबारभित्र रहेको थियो ।

सरकारी बैंकको शाखा सिंहदरबारभित्र स्थापना गर्नुपर्ने सांसदहरूले नै माग गर्दै आएका थिए । सांसदहरूले चर्को रूपमा सरकारी बैंकलाई प्रवेश दिनुपर्ने माग अघि सारेपछि अर्थमन्त्रालयको पहलमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेको हो ।

Skip This
Skip This
Logo