द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीकाे ब्राण्ड एम्बेसडर बने कप्तान रोहित पौडेल

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीकाे ब्राण्ड एम्बेसडर बने कप्तान रोहित पौडेल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । यो साझेदारी विश्वव्यापी शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँच वृद्धि गर्नका लागि गरिएको द नेक्स्टकाे भनाई छ ।

खासगरी अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा गरिएको बताएकाे छ ।

नेपाली क्रिकेटको वृत्तिविकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका रोहित नेपाली युवाहरुका रोल मोडल समेत हुन् । युवाहरुमा परिचित तथा प्रभावशाली रहेका रोहितले ब्राण्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्शको कार्यलाई गुणबत्ता र विश्वसनीय रुपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने द नेक्स्टको विश्वास लिएकाे जनाएकाे छ ।

कार्यक्रममा बोल्दै द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका सीईओ सालिक राम भण्डारीले ‘द नेक्स्ट एजुकेशनले सदैव टिम वर्क, गुणस्तर र पारदर्शीतामा विश्वास राख्ने’ बताए । उनका अनुसार क्रिकेटमा पनि गुणस्तर, पारदर्शीता र टिमवर्क नै महत्वपूर्ण रहने हुँदा रोहितसँगको सहकार्यले नेपाली विद्यार्थीहरुले शैक्षिक परामर्शका क्षेत्रमा आवश्यक ज्ञान, सीप र जानकारी हासिल गर्न सक्षम हुनेछन् ।

त्यसैगरी कप्तान पौडेलले नेक्स्ट एजुकेशनसँगको साझेदारीमार्फत आफू सम्मानित भएको बताए । उनले भने, ‘जुन कम्पनीले नेपाली युवाहरूको जीवनमा वास्तविक मार्गदर्शन र काउन्सिलिङको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको छ, त्यो कम्पनीसँग साझेदारी गर्नु आफ्ना लागि खुशीको विषय हो ।’

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी नेपालमा सञ्चालित एक अग्रणी शैक्षिक सेवा प्रदायक संस्था हो । २० बर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय द नेक्स्टले नेपाली विद्यार्थीहरुलाई व्यक्तिगत शैक्षिक परामर्श, विदेशमा अध्ययन निर्देशन, र परीक्षण तयारी सलगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Logo