देशको अवस्था प्रशंसा गर्न लायक छैनः प्रधानमन्त्री ओली

देशको अवस्था प्रशंसा गर्न लायक छैनः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेकाे टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताएका हुन‍् ।

उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी हुन सकिने अवस्था छैन । यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठ्यारालाई सजिलोमा परिणत गर्ने पनि बताए।

Logo