१ करोड ८९ लाखमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण, ४५ जना एकसाथ बस्न सक्ने

१ करोड ८९ लाखमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण, ४५ जना एकसाथ बस्न सक्ने

केन्द्रबिन्दु
9
Shares

भजनी(कैलाली)। टीकापुरमा रु एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो। नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन्। आर्थिक वर्ष २०७८/७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो।

दुईतले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ। निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ। हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन्। प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ। महिला तथा बालबालिका राख्ने भवनको अवस्था पनि नाजुक छ।

Skip This
Skip This
Logo