नेपालले श्रीलंकामा आजदेखि सुरु भएकाे एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध टस जितेको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर अब पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छन् । अब यूएई ब्याटिङमा उत्रनेछ ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । जसमा नेपालसहित भारत, पाकिस्तान र यूएई समूह ए मा छन् । समूह बी मा बंगलादेश, थाईल्यान्ड, श्रीलंका र मलेसिया छन् । तर नेपाललाई एसिया कप इतिहासमै पहिलो जित निकाल्न चुनौती छ ।





























प्रतिक्रिया