आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई ९३ रनको चुनौती दिएको छ । टस हारेर पहिले व्याटिङ रोजेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन मात्र बनाएको हो ।
मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे । यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन् । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।
अहिले नेपालले ब्याटिङ् गरिरहेको छ।





























प्रतिक्रिया