रुपिज इन्टरनेसनल स्कुलद्धारा सञ्चालित ३ दिने ‘रुपिज मुन ६.०’ सुरु

रुपिज इन्टरनेसनल स्कुलद्धारा सञ्चालित ३ दिने ‘रुपिज मुन ६.०’ सुरु

केन्द्रबिन्दु
618
Shares

काठमाडौंको बाफलमा अवस्थित रुपिज इन्टरनेसनल स्कुलद्धारा सञ्चालित तीन दिने ‘रुपिज मुन ६.०’ सुरु भएकाे छ । शुक्रबार स्कुलकै प्रांगणमा सुरु भएको यो कार्यक्रम तीन दिनसम्म चल्नेछ।

‘रुपिज मुन ६.०’ कार्यक्रम भनेको यो एक प्रकारको ट्र्याकिंग हो, जुन वार्षिक आधारमा चलिरहेको छ । रुपिजमै अध्ययनरत ए लेभलका विद्यार्थीद्वारा यो कार्यक्रमको आयोजना गरिएकाे हाे। कार्यक्रममा ३० विभिन्न स्कुल तथा कलेजका करिब १०० भन्दा बढी विद्यार्थीहर सहभागिता भएका छन् । ३ दिनसम्म चल्ने कार्यक्रममा मुख्य अतिथिका रुपमा कारखानाका संस्थापक तथा कार्यकारी अधिकृत पवित्र बहादुर गौतम उपस्थित थिए ।

कार्यक्रममा विद्यार्थीहरुले पाएका विभिन्न एजेन्डामा छलफल गर्नेछन्। मूलतः यस प्रकारको बहसले विद्यार्थीकाे सीपलाई बढाउने मात्र नभएर उनीहरूकाे सामाजिक कौशललाई पनि विकास गर्ने स्कुलको विश्वास छ । कार्यक्रमकाे पहिलो दिन उद्घाटन समारोहका साथैं सामूहिक छलफलसँगै सामाजिक कार्य भएकाे थियाे। यसैगरी दोस्रो दिन पनि सामूहिक बैठकसँगै विभिन्न सामाजिक कार्यहरु सम्पन्न भए ।

अब भाेलि अर्थात् तेस्रो दिन विद्यार्थीहरूले पाएका विभिन्न एजेन्डाको मूल्यांकन गरेर उनीहरुलाई सर्टिफिकेट दिइने छ ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले आफ्नो क्षमता अभिवृद्धी गर्न सक्ने, आत्मविश्वास बढाउन सक्ने, लुकेको क्षमतालाई उजागर गर्न सक्ने, समूहमा मिलेर कसरी काम गर्ने ती सबै कुराहरु सिक्ने कलेजका ए लेभल तर्फका एसोसिएट डाइरेक्टर राजाराम मल्लले बताए । यस्तै उनले विद्यार्थीहरूले आफ्नो क्षमतालाई वृद्धि गर्दै आत्मविश्वास र तार्किक क्षमता बढाउन सक्ने पनि विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo