राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिन लागेका हुन् । ओली आइतबार संविधानको धारा ७६(२) बमोजिम चौथो पटक प्रधानमन्त्री भएका हुन् ।

Skip This
Skip This
Logo