राजनराज शिवाकोटी र टिका पुनले ल्याए ‘पान पुतली माया’ [भिडियाे]

राजनराज शिवाकोटी र टिका पुनले ल्याए ‘पान पुतली माया’ [भिडियाे]

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको पान पुतली माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक गीतको भिडियो रिलिज गरेको हो । जसमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई आइतबार दर्शकका सामु ल्याएसँगै मोडल सुनिलले आफ्नो टिमले सक्दो मेहेनत गरेको र अब दर्शक श्रोताको सल्लाह सुझावको खाँचो रहेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै गायक तथा संगीतकार शिवाकोटीले गीतको मेलोडी अनुसार भिडियो गज्जबको बनेको प्रतिक्रिया दिए । एक रोमान्टिक जोडीको सुखद प्रेम कथालाई निर्देशक दीलिप समनले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जहाँ गीता र सुनिल गज्जबसँग खुलेका छन् ।

सुनिल बुढाथोकीको सहायक निर्देशन,रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने नकुल खड्काले सम्पादन गरेका हुन् । मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो ।

Logo