काठमाडौं । जुम्लामा धुवाँमा निसास्सिएर १२ दिनकी सुत्केरीसँगै दुई जनाको मृत्यु भएको छ ।
आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसास्सिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकायासँगै १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको हो । जुनमाया मायालक्ष्मीकी बहिनी हुन् । उनी सुत्केरी दिदीको स्याहारका लागि आएकी थिइन् ।
आगोको धुवाँमा निसासिएर १२ दिनको शिशु पनि गम्भीर घाइते भएका थिए । उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगा पुर्याएको थियो । मायालक्ष्मीको उपचारको क्रममा सोमबार र उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बच्चाको आईसीयूमा उपचार भइरहेको छ ।































प्रतिक्रिया