नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने भारतको घोषणा

नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने भारतको घोषणा

केन्द्रबिन्दु
30
Shares

छिमेकी राष्ट्र भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने घोषणा गरेकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ छुट्याएकी हुन् ।

यसअघि वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । अहिले झण्डै ५० करोड भारु अनुदान बढाएको हो ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ ।

Skip This
Skip This
Logo