मह सञ्चारको प्रस्तुती रहेको ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अमेरिकाको मोहलाई कमेडीरुपमा प्रस्तुत गरिएको छ ।
मल्टिस्टारर फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । किरण केसीले निर्माण गरेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेको हुन् । चलचित्रकोे कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ चलचित्रका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको चलचित्रलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।
बैशाख २० गते रिलिज हुने चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको भुमिका रहेको छ ।





























प्रतिक्रिया