काठमाडौं । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर-३’ को बिहीबार प्रिमियर गरियो । उक्त प्रिमियरमा धेरैजसो नाम चलेका कलाकार पुगेका थिए । त्यस्तै सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरमा सबैको नजरमा परेकी पात्र थिईन्, नायिका नीता ढुंगाना । पहिरनका कारण उनी सबैको नजरमा परेकी थिईन् । नायिका ढुंगानासँगै चलचित्रकी निर्देकक झरना थापा पनि निकै हट देखिएकी थिईन् ।

अभिनेत्री नीता ढुंगानोले रातो वन पिस लगाएकी थिईन् । जसका कारण उनलाई आकर्षक देखायो । उनको रातो पहिरन निकै खुलेको थियो । नीताले पनि खुलेको पहिरनमा आफूलाई निर्धक्क उभ्याएकी थिइन् । चलचित्र हेरिसकेपछि उनले नायक अनमोल केसी र नायिका सुहाना थापा प्रशंसा गरिन् ।

उनले निर्देशक झरना थापाको पनि खुलेरै प्रशंसा गरिन् । प्रिमियरमा निर्देशक थापा पनि निकै खुलेको पहिरनमा थिईन् । झरनाले पनि रातो वन पिस लगाएकी थिईन् ।





























प्रतिक्रिया