वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतीक थिए कर्माचार्यः अध्यक्ष दाहाल

वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतीक थिए कर्माचार्यः अध्यक्ष दाहाल

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतीक भएको बताएका छन् ।

बुधबार नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उनलाई पछ्याइरहनुपर्ने बताए ।

उनले भने, ‘नरबहादुर कर्माचार्य हामी सबैका अभिभावक हुनुहुन्थ्यो । वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको एउटा प्रतीक हुनुहुन्थ्यो । सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा उहाँले कहिले पनि छोड्नु भएन । एउटा अभिभावकले दिने सुझाव र सल्लाहहरू दिइ नै राख्नुहुन्थ्यो । मैले विगतमा पनि पटक पटक भनेको छु क्रान्तिकारी आन्दोलन खासगरी मेरो नेतृत्वमा जनयुद्धको तयारी हुँदै गर्दा कम्रेड नरबहादुर कर्माचार्य र उहाँको परिवारको सदस्यहरु पनि मलाई धेरै ठुलो प्रेरणा र सहयोग गर्नुभएको थियो ।’

कर्माचार्यले जीवनको उत्तरार्धमा पनि क्रान्तिकारी आन्दोलनप्रति सकारात्मक भाव राखेकै कारण माओवादी जनयुद्ध सफल भएको दाहालको भनाइ थियो ।

Skip This
Skip This
Logo