काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौँ) इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ । अख्तियारले घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा इटहरीबाट खटिई गएको टोलिले हुसैनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।































प्रतिक्रिया