काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान लागेका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि केहीबेरमा प्रधानमन्त्रीको विमानस्थल जाने कार्यक्रम रहेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो । जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । उनीहरूको शव निकालिएको बताइएको छ । सङ्कलित शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको छ ।





























प्रतिक्रिया