काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोक मनाउँदै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गर्ने र झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन संयोजक रहेको आयोगका सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डङ्गोल रहेका छन् ।































प्रतिक्रिया