बेलायती चर्चमा जानेको संख्या घट्दै, नेपालमा दिन प्रतिदिन बढ्दै

बेलायती चर्चमा जानेको संख्या घट्दै, नेपालमा दिन प्रतिदिन बढ्दै

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । क्रिश्चियनहरुको एक प्रमुख देश बेलायतमा पछिल्लो समय चर्च जानेहरुको संख्या घट्दै गएको छ । बेलायतका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार दिनप्रतिदिन चर्च थाउनेहरुको संख्या बढ्दै गएको हो । चर्चहरुमा हुने ज्यादती, यौन दुव्र्यवहार जस्ता कारणले धेरै बेलायतीहरु चर्च जान छाडेका हुन् ।

बेलायतमा चर्च जानेको संख्या घटेर शुरुमा सातै दिन खोल्ने चर्च अहिले आईतबार मात्र खोल्नेमा पुगेका छन् । हरेक बर्ष चर्च अफ ईण्ल्याण्डले कम्तिमा एक दर्जन चर्च बिक्री गरिराखेको छ । बीबीसीले सार्वजनिक गरेको विवरण अनुसार सन् २००१ मा ४१ लाख जनाले चर्चहरुको भ्रमण गरेका थिए । अर्थात ४१ लाख क्रिश्चियनहरुले प्राथनाको लागि चर्च गएका थिए । तर पछिल्लो समय आएर यो संख्या घढ्दै गएको छ । सन् २००२ मा ४० लाख मानिसहरुले चर्चको भ्रमण गरेको बीबीसीको रिर्पोटमा उल्लेख गरिएको छ ।

१९९० को दशकमा १–२ प्रतिशतका दरले घट्दै गएको यो संख्या २००० को दशकमा ३० देखि ४० प्रतिशतका दरले घट्दै गएको हो । बेलायतको ३० वर्षे ईतिहासमा ३० देखि ४० प्रतिशत क्रिश्चियनहरुले चर्चमा गएर प्राथना गर्न छाडेका छन् । २०१४ मा १६ हजार चर्चहरुमा सरदरमा ९ लाख ८० हजार मानिसहरुले भ्रमण गरेका छन् । २०१५ मा गएर यो संख्या ह्वात्तै घटेको छ । २०१५ मा भने ९ लाख ७० हजार मानिसहरुले चर्चमा गएर प्राथना गरेका थिए ।

चर्चामा उपस्थित हुनेको संख्या । सन् १९९० देखि २००८ सम्मको तथ्यांक । स्रोत बीबीसी

सन् २०१७ को तुलनामा २०१८ मा १ लाख कम मानिसहरुले चर्च गएका छन् । अर्थात १ लाख बेलायतीहरुले चर्चमा प्राथना गर्न छाडेका छन् । यो संख्या प्रत्येक वर्ष २ प्रतिशतका दरले घट्दै गएको बेयालती पत्रिका द गार्जियनले जनाएको छ । प्रत्येक साताको आईतबार मात्र झण्डै ९ लाख ८० हजार मानिसहरुले चर्चमा गएर प्राथना गर्दै आएका छन् । अरु दिन भने सबै चर्चहरु सुनसान देखिन्छन् ।

त्यस्तै चर्चमा गएर विवाह गराउनेको संख्या पनि घट्दै गएको चर्चहरुको विभिन्न तथ्यांकले देखाएको छ । चर्चहरुमा पादरीबाट हुने दुव्र्यवहार, यौन हिंसा जस्ता कारणले कमी आएको देखिन्छ । चर्चमा आउने महिलाहरुको संख्या पनि उल्लेख्य रुपमा घटेको पाईन्छ । बेलायतमा पछिल्लो समय झण्डै २ हजार भन्दा बढी चर्चहरु बेचिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नेपालमा भने वर्षेनी बढ्दैः
धर्म परिवर्तन गराउनको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी क्रिश्चियन धर्म परिवर्तन गर्ने नेपालीको संख्या बढिरहेको हो । सन् २०११ मा ३ लाख ७५ हजार इसाई धर्मावलम्बी मात्र थिए । तर पछिल्लो समय यो संख्या १० देखि १५ लाखका बीचमा रहेको अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा

Logo