सुदूरपश्चिम कलाकार मञ्च गठन, अध्यक्षमा राजेन्द्र शाह चयन

सुदूरपश्चिम कलाकार मञ्च गठन, अध्यक्षमा राजेन्द्र शाह चयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुदूरपश्चिम कलाकार मञ्च गठन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कला, संस्कृति र भाषालाई संरक्षण एबम् सम्बद्धन गर्न र स्रष्टा तथा कलाकारको हक, हितका विषय उठानका गर्न काठमाडौंमा कलाकार मञ्च गठन गरिएको हो । सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न विधामा संघर्षरत कलाकारहरुलाई एउटै मञ्चमा राखेर संगठित गर्ने उद्देश्यका साथ बुधवार काठमाडौंको बाल्मीकी क्याम्पसमा मञ्च गठन गरिएको हो ।

उक्त भेलाले गीतकार राजेन्द्र शाह बिपीको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा भुवन प्रकाश बिरही, महिला उपाध्यक्षमा शोभा थापा र खुल्ला उपाध्यक्षमा अराज केशव चयन भएका छन् । त्यस्तै महासचिवमा भिम थापा, कोषाध्यक्षमा पुष्पा बोहरा र सचिवमा सुर्य विरही साउद चयन भएका छन् ।

मञ्चको सदस्यहरुमा चक्र बम, टंक तिमिल्सेना, रवि ओड, शेर बहादुर साउद, रेखा जोशी, महेश औजी, बिनोद बाजुराली, बिक्रम चौहान, गौरी भट्ट, दुर्गा भट्ट, निरूता खत्री, लाल बहादुर धामी, अर्जुन सुनाम, दिपक संगम बिसी, लक्ष्मी आचार्य, अनिता चलाउने, डिबी खड्का, मनोज सिंह धामी, महेन्द्र बिक, रामप्रसाद अवस्थी, नरेश बिबिसी, पशुपति खनाल, नवीन धामी र दिपा रोकाया रहेका छन् ।

सुदुरपश्चिम प्रदेशको कला, सँस्कृतिको संरक्षण, कलाकर्मिहरु हक-हित सम्बर्द्धन एवम प्रदेशको पहिचान प्रबर्धनको मुलभूत उद्देश्य राखेर मञ्च स्थापना गरिएको तदर्थ समितिका अध्यक्ष राजेन्द्र राजेन्द्र शाह विपीले जानकारी दिए । अग्रज पुस्ताको अभिभावकत्व, समकालिन पुस्ताको अग्रसरता अनि नवोदीत पुस्ताको उर्जालाई संयोजन गर्दै संस्थापना गर्न लागिएको उनको भनाई छ । लहडबाजीमा नभई दिर्घकालिन सोच, बिचार र उद्देश्यसहित संस्था स्थापना गरिएको र विधान बनाएर सुदूरपश्चिम प्रदेशमा नै दर्ता गरिने उनको भनाई छ । यसको प्रधान कार्यालय धनगढीमा रहनेछ ।

Logo