नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बिहीबार न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।
यही असार १४ गते पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झालाई जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । तर, सर्वोच्चले जिल्लाको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै उक्त निर्णय सदर गरेपछि उनी थुनामै रहने भएका हुन् ।





























प्रतिक्रिया